सत्तारूढ दलको बैठक : युवा र विकासमैत्री नीति कार्यक्रम ल्याउने समझदारी
काठमाडौं । सत्तारूढ दलहरुको बैठकले युवा र विकासमैत्री नीति तथा कार्यक्रम ल्याउने समझदारी गरेका छन् । बालुवाटारमा बसेको बैठकले नीति तथा कार्यक्रमबारे केन्द्रित रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति फजुल खर्च कटौती गर्ने, सरकारको कार्यदक्षता बढाउने र सुशानलाई प्राथामिकतामा राख्ने समझदारी भएको छ,’ उनले भने । युवाहरूलाई आकर्षित गर्नका लागि […]

काठमाडौं । सत्तारूढ दलहरुको बैठकले युवा र विकासमैत्री नीति तथा कार्यक्रम ल्याउने समझदारी गरेका छन् । बालुवाटारमा बसेको बैठकले नीति तथा कार्यक्रमबारे केन्द्रित रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति फजुल खर्च कटौती गर्ने, सरकारको कार्यदक्षता बढाउने र सुशानलाई प्राथामिकतामा राख्ने समझदारी भएको छ,’ उनले भने ।
युवाहरूलाई आकर्षित गर्नका लागि उनीहरूको शीप विकास, व्यवसायिक योजना र बजार संरक्षणको योजना सहितका कार्यक्रम ल्याउने सहमति भएको उनले बताए ।
‘विगतका वर्षभन्दा ‘ब्रेक थ्रु’ हुनेगरी नीति तथा कार्यक्रम ल्याउने समझदारी भएको छ । यस्तै, बैठकले व्यवस्थाविरोधी गतिविधिको सामुहिक प्रतिवाद गर्ने सहमति गरेको ज्ञवालीले जानकारी दिए ।
What's Your Reaction?






