मृत अवस्थामा नालामा फेला

हरिप्रसाद कोइरालाउर्लाबारी, १७ वैशाख । मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत अवस्थामा नालामा फेला परेको जानकारी दिनुभयो । मण्डलको शव भेटिएको नाला नजिकै उहाँ चलाउँदै आएका को. २१ प. १६५६ नम्बरको [...] The post मृत अवस्थामा नालामा फेला appeared first on Jhapa Online.

Apr 30, 2025 - 08:59
 0
मृत अवस्थामा नालामा फेला

हरिप्रसाद कोइराला
उर्लाबारी, १७ वैशाख ।
मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत अवस्थामा नालामा फेला परेको जानकारी दिनुभयो ।

मण्डलको शव भेटिएको नाला नजिकै उहाँ चलाउँदै आएका को. २१ प. १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ । शव र मोटरसाइकल एउटै स्थानमा भेटिएको भन्दै स्थानीयले विजयलाई कसैले हत्या गरेर फालेका हुनसक्ने स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको थियो । बिहान करिब सभा ६ बज तिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाएको छ ।

The post मृत अवस्थामा नालामा फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register