नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

काठमाण्डौ, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको आदेशमा पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले [...] The post नाउपाका संरक्षक रेशम चौधरी पक्राउ appeared first on Jhapa Online.

Apr 30, 2025 - 09:08
 0
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ


काठमाण्डौ, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको आदेशमा पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रमअघि रेशम चौधरी पक्राउ परेका हुन् । चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको सीके राउतले जानकारी दिनुभयो ।

The post नाउपाका संरक्षक रेशम चौधरी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register