प्रवीणलाई लिएर ‘शिवांश’ बन्ने, असोज २४ गतेलाई रिलिज तय

सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार [...] The post प्रवीणलाई लिएर ‘शिवांश’ बन्ने, असोज २४ गतेलाई रिलिज तय appeared first on Jhapa Online.

Apr 30, 2025 - 09:41
 0
प्रवीणलाई लिएर ‘शिवांश’ बन्ने, असोज २४ गतेलाई रिलिज तय


सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा चित्रित छन् । उनको अनुहारको आधा भाग मात्र देखाइएको छ । पोस्टरमा अर्का एक पुरुष पात्रलाई अग्लो स्थानबाट घना बस्तीतिर हेर्दै गरेको देख्न सकिन्छ । र, उनको अगाडि आगोको चक्र छ । यसले शक्ति संघर्षको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा प्रवीणसहित तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय सुब्बा, टिका निरौला लगायतको अभिनय रहनेछ । अञ्जान केसी फिल्मका निर्माता हुन् । यसमा उनी स्वयंको कथा छ । सह–निर्माता भने शोभा भण्डारी र अनिस केसी बोगटी हुन् ।

बारत लिम्बूको पटकथा लेखन रहेको फिल्ममा स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती छन् । यसमा सरद महतोको छायांकन, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विक्रम चोहानको नृत्य निर्देशन रहनेछ । डिसिएनले वितरण गर्ने फिल्मलाई तिहारको छेको पारेर आगामी असोज २४ गते प्रदर्शन गरिने निर्माता केसीले जानकारी दिए ।

The post प्रवीणलाई लिएर ‘शिवांश’ बन्ने, असोज २४ गतेलाई रिलिज तय appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register