शिवसताक्षीबाट २ जना सडक मानवको उद्धार

शिवसताक्षी,१७ बैशाख । झापाको शिवसताक्षीबाट दुई जना सडक मानवलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ । शिवसताक्षी वडा नं. ११ स्थित दुधे बजारबाट आज वेवारिसे दुई जना सडक मानवलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मावन सेवा आश्रम काँकरभिटा पठाएको हो । दूधे बजारमा गएको तीन दिनदेखि बस्दै आएका भारतीय मुलका एक जना युवक र गएको [...] The post शिवसताक्षीबाट २ जना सडक मानवको उद्धार appeared first on Jhapa Online.

Apr 30, 2025 - 09:47
 0
शिवसताक्षीबाट २ जना सडक मानवको उद्धार

शिवसताक्षी,१७ बैशाख । झापाको शिवसताक्षीबाट दुई जना सडक मानवलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ । शिवसताक्षी वडा नं. ११ स्थित दुधे बजारबाट आज वेवारिसे दुई जना सडक मानवलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मावन सेवा आश्रम काँकरभिटा पठाएको हो ।

दूधे बजारमा गएको तीन दिनदेखि बस्दै आएका भारतीय मुलका एक जना युवक र गएको एक महिनादेखि दूधेको पश्चिम बस स्टेण्डमा बस्दै आएकी एक युवतीलाई शिवसताक्षी नगरपालिकाल, वडा ११ को कार्यालय र इलाका प्रहरी कार्यालय झिलभिलेको सहयोगमा मानव सेवा आश्रम काँकरभिट्टा पठाइएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । शिवसताक्षीको दूधेबजारबाट दुई वेवरिसे मानवलाई शिवसताक्षी नगरपालिकाको गाडीमा आश्रममा पठाइएको थियो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख कार्कीले नगरले नगर भित्र आएका वेवारिसे मानवलाई यस अघि पनि इटहरीको मायाघर, विराटनगरको मानव सेवा आश्रम लगायतका स्थानहरुमा आश्रमलाई सम्पर्क गरेर पठाउने गरेको जानकारी दिइन् ।

केही यहाँबाट आश्रम लगेका वेवारिसे मानिसहरु आश्रममा पु्याएपछि भागेको समेत पाइएको बताइन् । केही मानसिक सन्तुलन गुमाएका मानिसहरु मानव आश्रम पुर्याएपछि औषधि उपचारबाट ठिक पनि भएकोे भनाई छ ।

बेवारिसे मानव उद्धार गर्न स्थानीय बजारबासीले पनि सहयोग गरेका थिए ।

The post शिवसताक्षीबाट २ जना सडक मानवको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register