यातायात कार्यालयबाट १२ जना बिचौलिया पक्राउ
बाबुराम मुडियारीमोरङ, १२ चैत । सेवाग्राहीलाई ठगी गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार [...] The post यातायात कार्यालयबाट १२ जना बिचौलिया पक्राउ appeared first on Jhapa Online.

बाबुराम मुडियारी
मोरङ, १२ चैत । सेवाग्राहीलाई ठगी गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, सुनसरी दुहबी नगरपालिका–११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर ४ का २२ वर्षीय राजीव मण्डल, सुनसरी बर्जु ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, मोरङ कटहरी–१ का ३७ वर्षीय भागवत राजवंशी, बुढिगंगा– २ का ५० वर्षीय उदय कार्की, बुढिगंगा–१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर ३ का २९ वर्षीय अजयकुमार मण्डल रहेका छन् ।
सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
The post यातायात कार्यालयबाट १२ जना बिचौलिया पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






