देउवा दम्पत्तिसँग भाजपा नेता विजय चौथाईवालेको भेट

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बुधबार उनीहरुबीच भेटघाट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार काठमाडौं आएका हुन् । उनले प्रधानमन्त्री, प्रतिपक्षी […]

Apr 30, 2025 - 12:25
 0
देउवा दम्पत्तिसँग भाजपा नेता विजय चौथाईवालेको भेट

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् ।

देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बुधबार उनीहरुबीच भेटघाट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार काठमाडौं आएका हुन् । उनले प्रधानमन्त्री, प्रतिपक्षी दलका नेताहरु, मधेसी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।

नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register