रेशम चौधरी छुट्ने भएपछि सीके राउत पुगे डिल्लीबजार कारागार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुट्ने भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत उनलाई स्वागत गर्न डिल्लीबजार कारागार पुगेका छन् । सर्वोच्च अदालतले रेशमलाई कारागार चलान गर्नु भनि काटिएको पत्र आधिकारिक नभएको भन्दै उनलाई तत्काल छाड्न पत्र पठाएको थियो । त्यसपछि सीके राउतलगायत नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगिरहेका छन् । बुधबार बिहान ११ […]

Apr 30, 2025 - 12:25
 0
रेशम चौधरी छुट्ने भएपछि सीके राउत पुगे डिल्लीबजार कारागार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुट्ने भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत उनलाई स्वागत गर्न डिल्लीबजार कारागार पुगेका छन् ।

सर्वोच्च अदालतले रेशमलाई कारागार चलान गर्नु भनि काटिएको पत्र आधिकारिक नभएको भन्दै उनलाई तत्काल छाड्न पत्र पठाएको थियो । त्यसपछि सीके राउतलगायत नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगिरहेका छन् ।

बुधबार बिहान ११ बजे नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरण घोषणाको कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई प्रहरीले गिरफ्तार गरी डिल्लीबजार कारागार चलान गरेको थियो ।

तर  सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएको छ ।

सर्वोच्चका सह-रजिष्ट्रार अच्युत कुइँकेलले दुई वटा विज्ञप्ति जारी गर्दै यसअघि शाखा अधिकृत महिमानसिंह विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न भनि काटेको पत्र अनधिकृत भएकोसमेत स्पष्ट पारेका छन् ।

“यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्ध निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।” विज्ञप्ति भनिएको छ ।

विष्ट अहिले प्रहरीको नियन्त्रणमा छन् । विष्टसँग बयान लिइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register