शिक्षक तथा कर्मचारीलाई अस्पतालमा उपचार सहुलियत, स्थायी शिक्षकलाई निजामती सरह तलब

सरकारले शिक्षकहरूलाई निजामति अस्पातलमा सहुलियत उपचार प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस विषयमा निर्णय लिएको हो । सहमति सुनाउँदै शिक्षामन्त्री रघुजी पन्तले भनेका छन्,’शिक्षकहरूको स्वास्थ्योपचारका सम्बन्धमा काठमाडौंमा रहेको निजामति अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत व्यवस्था गरिने छ । ‘ यस्तै स्थायी शिक्षकलाई निजामति सरह सेवा सुविधा सरकारले उपलब्ध गराउने भएको […]

Apr 30, 2025 - 16:13
 0
शिक्षक तथा कर्मचारीलाई अस्पतालमा उपचार सहुलियत, स्थायी शिक्षकलाई निजामती सरह तलब

सरकारले शिक्षकहरूलाई निजामति अस्पातलमा सहुलियत उपचार प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस विषयमा निर्णय लिएको हो । सहमति सुनाउँदै शिक्षामन्त्री रघुजी पन्तले भनेका छन्,’शिक्षकहरूको स्वास्थ्योपचारका सम्बन्धमा काठमाडौंमा रहेको निजामति अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत व्यवस्था गरिने छ । ‘

यस्तै स्थायी शिक्षकलाई निजामति सरह सेवा सुविधा सरकारले उपलब्ध गराउने भएको छ । ‘स्थायी शिक्षकका लागि प्राथामिक तृतीय, प्राथामिक द्वतीय, निम्न माध्यामिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामति सरह ग्रेड संख्या र रकम कायम गर्ने,’ मन्त्री पन्तले भने ।

यस्तै, अस्थायी प्रकृतिका शिक्षक, राहत , करार, साविक उमावी, सिकाइ अनुदान प्राविधिक धार, विषय शिक्षा र बालविकास  सहजकर्ताको बिरामी विदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदा बखत दिन पनि सरकार सहमत भएको छ । यस्तै, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोके बमोजिम प्रदानका लागि सरकार सहमत भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register