रास्वपा प्रवास विभाग यूके नयां कार्यसमितिको नेतृत्व पवन शर्मालाई

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग यूकेको प्रथम महाअधिवेशन नयां कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ । द जंगल क्लव लेष्टरमा खचाखच सहभागीबीच सम्पन्न महाधिवेशनले प्रधुम्नराज (पवन) शर्माको सभापतित्वमा आगामी दुई वर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कोलेश्वर ढकाल, महामन्त्रीमा कृष्ण लुईंटेल, सह–महामन्त्रीमा रमेश बेलबासे र […]

Apr 30, 2025 - 20:30
 0
रास्वपा प्रवास विभाग यूके नयां कार्यसमितिको नेतृत्व पवन शर्मालाई


लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग यूकेको प्रथम महाअधिवेशन नयां कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

द जंगल क्लव लेष्टरमा खचाखच सहभागीबीच सम्पन्न महाधिवेशनले प्रधुम्नराज (पवन) शर्माको सभापतित्वमा आगामी दुई वर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कोलेश्वर ढकाल, महामन्त्रीमा कृष्ण लुईंटेल, सह–महामन्त्रीमा रमेश बेलबासे र कोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा हरिहर भट्टराई, आदर्श श्रेष्ठ, धन गुरुंग, दिनेश खरेल, खीमलाल गौतम, मन्जु डुम्रे, पार्वती कंडेल, राजु सापकोटा, राम प्रसाद सुवेदी, ऋषी कडरिया, सौरव ओझा, शिवराज आचार्य, शुभाष चौलागाई, तुल कार्की र गोमा पौडेल निर्वाचित भए ।

नवनिर्वाचित समितिलाई पार्टीका केन्द्रिय उपसभापति तथा कार्यक्रमका प्रमुख अतिथि सांसद डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको सपथ गराएका थिए ।

नयाँ कार्यसमिति चयन गर्न डा. मिलन ज्ञवालीको संयोजकत्वमा डा. प्रकाश पाण्डे र पंकज अर्याल सम्मिलित निर्वाचन समिति बनाइएको थियो ।

यसअघि प्रवास सम्पर्क विभागका प्रवक्ता विष्णु चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको उक्त अधिवेशन सञ्चालन संस्थाका महामन्त्री राजु कंडेलले गरेका थिए ।

रास्वपा बेलायत सभापति पवन शर्माको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन पार्टीका उपसभापति वाग्ले र अध्यक्ष शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपसभापति तथा कार्यक्रमका प्रमुख अथिथि डा. वाग्लेले पार्टी सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने र आफ्नै पार्टीमा पनि कहिँ कतै अनियमितता भएको पाइए त्यसप्रति निर्मम ढंगले प्रस्तुत हुने बताए । उनले देशमा ब्याप्त भ्रष्टाचार र बेथिति अन्त्यकालागि आगामी २०८४ मा सम्पन्न हुने आम निर्वाचनमा निर्णायक धक्का दिन तयार रहन सम्पूर्ण प्रवासी नेपालीलाई आह्वान गरे ।

रास्वपा बेलायतका सभापति पवन शर्माले कार्यक्रम सफल पार्न सघाउने सबै र सहभागीप्रति आभार व्यक्त गर्दै युवाहरुको एकताले नेपाल बन्ने बताए । उक्त कार्यक्रममा करिब ३ सय बुद्धिजिवी र रास्वपा कार्यकर्ताको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register