वैदैशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ […]

May 1, 2025 - 13:09
 0
वैदैशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका- ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।

पक्राउ मध्ये सम्पुर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका-३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register