केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन् 

भारत । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् । ओडिशाटिभिको अनलाइन संस्करणले सो विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको जनाएको छ । तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको छैन । कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका […]

May 1, 2025 - 17:43
 0
केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन् 

भारत । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् ।

ओडिशाटिभिको अनलाइन संस्करणले सो विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको जनाएको छ । तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको छैन ।

कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।

यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register