झण्डा व्यापारी भन्छन्– आज राम्रो बिक्री होलाजस्तो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवस्थाको विरोध गर्दै राजतन्त्रको पक्षमा आज (आइतबार) बिजुलीबजारमा प्रदर्शन गरिरहँदा झण्डा व्यापारीको पनि व्यस्तता बढेको छ । आन्दोलनमा सहभागी हुन आएकाहरूले राष्ट्रिय झण्डा प्रयोग गर्ने भएकाले बिक्रीका लागि व्यापारीहरू सडकमा बसेका छन् । झण्डा बेच्न सडकमा आएकी जुम्लाकी रमा राउतले रु २००, ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा बिक्री […]

Apr 20, 2025 - 08:26
 0
झण्डा व्यापारी भन्छन्– आज राम्रो बिक्री होलाजस्तो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवस्थाको विरोध गर्दै राजतन्त्रको पक्षमा आज (आइतबार) बिजुलीबजारमा प्रदर्शन गरिरहँदा झण्डा व्यापारीको पनि व्यस्तता बढेको छ ।

आन्दोलनमा सहभागी हुन आएकाहरूले राष्ट्रिय झण्डा प्रयोग गर्ने भएकाले बिक्रीका लागि व्यापारीहरू सडकमा बसेका छन् ।

झण्डा बेच्न सडकमा आएकी जुम्लाकी रमा राउतले रु २००, ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा बिक्री भइरहेको बताइन् । तीनकुनेको हिङ्सात्मक आन्दोलनपछि राजावादी आन्दोलनमा भीड कम रहेको पाइएको व्यापारीहरूको भनाइ छ ।

‘अस्ति चैत १५ गते तीकुनेमा पनि झण्डा बेचेकी थिएँ । त्यहाँ राम्रो बिक्री भएको थियो । आज अलि त्यस्तो भीड छैन,’ राउतले भनिन् ।

तीनकुनेमा भएको राजावादीको आन्दोलनमा झण्डा बिक्रीबाट राम्रो कमाइ गरेका जुम्लाका कृष्णबहादुर बुढा आजको राप्रपाको आन्दोलनमा झण्डा बेचिरहेका छन् ।
अन्य समय जडिबुटी व्यापार गर्ने जुम्लाका बुढा आन्दोलनको समयमा झण्डा व्यापार गर्ने गरेको बताउँछन् ।

जङ्गली लसुनको तेल, टिम्बुर, जेठ्ठी मधु लगायतका जडिबुटी लिएर बेच्ने बुढा आन्दोलनमा झण्डा बोकेर हिड्ने गर्छन् ।

तीनकुनेमा आन्दोलनको बेला बुढाले २० हजार रुपैयाँको झण्डा बेचेका थिए । त्यसपछि राप्रपाको बल्खुमा भएको प्रदर्शनमा पनि उनी पुगेका थिए ।

‘तीनकुनेमा अलि धेरै बिकेको थियो, बल्खुमा त भएन,’ बुढाले भने ’आज पनि धेरै बिक्छ जस्तो लागेको छैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register