आज झापाको कचनकवलदेखि तराई मधेश जागरण अभियानको उद्घाटन

बिर्तामोड, १२ फागुन । नेकपा माओवादी केन्द्रले आज झापाबाट जनतासंग माओवादी : तराई मधेश जागरण अभियानको उद्घाटन गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् । अभियान उद्घाटनका लागि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत एक दर्जन नेताहरु आइतबार नै झापा आइसकेका छन् । आज बिहान ९ः३० [...] The post आज झापाको कचनकवलदेखि तराई मधेश जागरण अभियानको उद्घाटन appeared first on Jhapa Online.

Feb 24, 2025 - 01:28
 0
आज झापाको कचनकवलदेखि तराई मधेश जागरण अभियानको उद्घाटन

बिर्तामोड, १२ फागुन । नेकपा माओवादी केन्द्रले आज झापाबाट जनतासंग माओवादी : तराई मधेश जागरण अभियानको उद्घाटन गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् ।

अभियान उद्घाटनका लागि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत एक दर्जन नेताहरु आइतबार नै झापा आइसकेका छन् । आज बिहान ९ः३० बजे कचनकवलस्थित नेपाल कै होचो भागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी विकास भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए।

आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रन्जित तामाङले जानकारी दिए । झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने बताइएको छ ।

The post आज झापाको कचनकवलदेखि तराई मधेश जागरण अभियानको उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register