बेलायतको काउन्सिलर निर्वाचित भइन् रोजिना

लन्डन- बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोमा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलर विजयी बनेकी हुन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए। काउन्सिलर निर्वाचित राई […]

May 3, 2025 - 07:25
 0
बेलायतको काउन्सिलर निर्वाचित भइन् रोजिना

लन्डन- बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोमा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्।

विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलर विजयी बनेकी हुन्।

शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए।

काउन्सिलर निर्वाचित राई एनआरएनए आइसीसीकी उपाध्यक्ष पनि हुन्। एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन् ।

एनआरएनए यूके अध्यक्ष पदमा सफलता हासिल हुन नसकेपनि उनले यस संघमा सक्रियता छाडेकी छैनन् । रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register