‘महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ । परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्यमध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ । […]

May 4, 2025 - 04:43
 0
‘महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ ।

परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्यमध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ ।

आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यस चलचित्रमा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ ।

आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना लागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए ।

यो चलचित्रमा जयकिशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो ।

सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

निर्माण पक्षका अनुसार चलचित्रका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन । केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले चलचित्रको लाइनअपलाई झनै रोचक बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register