२८० दिनदेखि अन्तरिक्षमा फसेका सुनीता र विल्मोरलाई फिर्ता ल्याउने योजना स्थगित

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अन्तरिक्ष यात्री सुनीता विलियम्स र ब्यारी बुच विल्मोरको फिर्ती योजना स्थगित गरिएको छ । २८० देखि फसेका उनीहरूको फिर्तीको लागि मिसन नासा र स्पेसएक्सले संयुक्त रूपमा सञ्चालन गरिरहेको योजना स्थगित गरिएको हो यी अन्तरिक्ष यात्रीहरूको फिर्ताका लागि फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिने थियो । तर यसमा केही हाइड्रोलिक समस्या आएको […]

Mar 13, 2025 - 04:44
 0
२८० दिनदेखि अन्तरिक्षमा फसेका सुनीता र विल्मोरलाई फिर्ता ल्याउने योजना स्थगित

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अन्तरिक्ष यात्री सुनीता विलियम्स र ब्यारी बुच विल्मोरको फिर्ती योजना स्थगित गरिएको छ । २८० देखि फसेका उनीहरूको फिर्तीको लागि मिसन नासा र स्पेसएक्सले संयुक्त रूपमा सञ्चालन गरिरहेको योजना स्थगित गरिएको हो

यी अन्तरिक्ष यात्रीहरूको फिर्ताका लागि फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिने थियो । तर यसमा केही हाइड्रोलिक समस्या आएको छ, जसका कारण बुधबार यसको प्रक्षेपण स्थगित गर्नुपरेको बताइएको छ ।

स्पेसएक्सले आफ्नो मेसिनको समस्या कहिले समाधान हुन्छ भनेर अहिलेसम्म नबताएको बीबीसीको समाचारमा उल्लेख ।

‘यसले चार नयाँ अन्तरिक्ष यात्रीहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा जानुपर्छ र त्यहाँबाट सुनीता विलियम्स र विल्मोरलाई फिर्ता ल्याउनुपर्छ,’ मिसनले भनेको छ ।
सन् २०२४ जुन ५ मा यस परीक्षण अभियानको लागि दुवै यात्रु स्टारलाइनर अन्तरिक्ष यानमा उडेका थिए ।

६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनीतालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लगिएको थियो ।

अन्तरिक्ष यात्री सुनीता र विल्मोर मार्च १९ र २० मा फर्कने अपेक्षा गरिएको थियो, तर मिसनको म्याद थपिएपछि यो मिति पनि परिवर्तन हुन सक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलोन मस्कलाई सुम्पिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register