अध्यक्ष गिरीद्वारा ‘व्यवसायी सदस्य राहत कोष’मा ५१ हजार सहयोग

झापा, २१ बैशाख । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले [...] The post अध्यक्ष गिरीद्वारा ‘व्यवसायी सदस्य राहत कोष’मा ५१ हजार सहयोग appeared first on Jhapa Online.

May 4, 2025 - 14:20
 0
अध्यक्ष गिरीद्वारा ‘व्यवसायी सदस्य राहत कोष’मा ५१ हजार सहयोग

झापा, २१ बैशाख । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् ।

व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपतमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले एक करोड रुपैयाँ बरावरको कोष स्थापना गरेको छ । सो कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफूले जन्म दिनमा ५१ हजार एक सय रुपैयाँ सहयोग गरिरहने अध्यक्ष गिरीले बताए ।

कञ्चन निर्माण सेवाका सञ्चालक समेत रहेका गिरी सामाजिक क्षेत्रमा सक्रिय छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघमा आफ्नो जन्म दिन मनाउदै अरुलाई समेत सहयोग पु¥याउन आग्रह गरे ।

सो अवसरमा अध्यक्ष गिरीलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र सहित सम्मान गरेको छ । सो सम्मान संघका अध्यक्ष न्यौपाने, व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे राजु, संघका महासचिव कुशल खतिवडाले संयुक्त रुपमा प्रदान गरेका थिए ।

The post अध्यक्ष गिरीद्वारा ‘व्यवसायी सदस्य राहत कोष’मा ५१ हजार सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register