कं. हरिराम पनि ‘ठूलै नेता’ बन्ने सिँढी पो उक्लिँदैछ कि कसो हँ…?

‘व्यंग्यनारान पाँडे’आफ्नै जिल्लाको भएकाले, पल्लो बजारबाट देशका धेरै वटामध्ये एउटा ‘कमरेड पार्टी’–का लागि ‘पत्रकार गर्ने’ भातृ संगठनका ‘भाले नेता’–को मालिक्याइँमा छापिने पत्रिका (?)… बरण्डामा ‘पढिदिंदैथें’ म । र, त्यसको एउटा शीर्षक अन्तर्गत पार्टीको ’ओंम जय जगदीश हरे… प्रभु तुम सबके स्वामी’ खाले प्रशस्तिमा पुगेर मभित्र जागेको ‘कुरी–कुरी’–को अनौठो पीडालाई हाँस्तै निको पार्दै पनि थिएँ – [...] The post कं. हरिराम पनि ‘ठूलै नेता’ बन्ने सिँढी पो उक्लिँदैछ कि कसो हँ…? appeared first on Jhapa Online.

Apr 29, 2025 - 10:03
 0
कं. हरिराम पनि ‘ठूलै नेता’ बन्ने सिँढी पो उक्लिँदैछ कि कसो हँ…?

‘व्यंग्यनारान पाँडे’
आफ्नै जिल्लाको भएकाले, पल्लो बजारबाट देशका धेरै वटामध्ये एउटा ‘कमरेड पार्टी’–का लागि ‘पत्रकार गर्ने’ भातृ संगठनका ‘भाले नेता’–को मालिक्याइँमा छापिने पत्रिका (?)… बरण्डामा ‘पढिदिंदैथें’ म । र, त्यसको एउटा शीर्षक अन्तर्गत पार्टीको ’ओंम जय जगदीश हरे… प्रभु तुम सबके स्वामी’ खाले प्रशस्तिमा पुगेर मभित्र जागेको ‘कुरी–कुरी’–को अनौठो पीडालाई हाँस्तै निको पार्दै पनि थिएँ – त्यै बेला ‘कम्रेट हरिराम’ भनेर चिनिने लबस्तरो बाजे टुप्लुकियो ! हे फसाद !

फेरि त्यसै बखत ‘पत्रकार गरिखाइरहेका’ एक मित्रको फोन आयो । र, उही लर्काेसर्काेमा मैले पढिरहेको सो पाठ फेरि हाँस्तै पढेर उनलाई सुनाएँ । ती पत्रकार मित्रले भने– “ए… त्यो पत्रिकामा त मेरो सालो पनि काम गथ्र्याे । हरेक अंकमा कति वटा विज्ञापन छापिन्छ, त्यति थान बिल खिल्नका लागि अनि आफ्नो पार्टीका स्थानीय कार्यक्रमहरूमा भाषण बास्ने ठूलाठालाकहाँ एक–एक थान पुगाउन पुग्ने र प्रेस काउन्सिलको महिनावारी हण्डी खान ४ थान, पत्रकार महासंघको स्थानीय शाखामा रहेका कमरेडहरूलाई एक–एक थान अनि अन्य व्यापारी साथी कमरेडहरूलाई ‘भेटेका बेला’ हातलागी गराउन समेत गनेर २५–३० थान छापिन्छ अरे त्यो पत्रिका भनेर भन्थ्यो मेरो सालो ।”– उनले हाँस्तै थपे –“के गर्ने, प्रगति त त्यस्तैको छ ! त्यस्तै पत्रिकाहरूलाई प्रेस काउन्सिलको ‘क’ वर्गको हण्डी दिलाउने उनीहरूकै टाँचावालले मौका पाएको छ !”

त्यही बेला मेरो घर–टोलको बाटोमा एउटा कुँडाकर्कटे बिहारी – ‘भाँगाटुँटा, पुर्ना पोत्रिका, पुर्ना बैटरी, इन्भोटर, फैन, टिना, पुर्ना पानी–नल के टुटी’ भन्दै आइपुगेछ र हरिराम ऊतिर फर्केर जोडले करायो– “ओए कुँडाकर्कटे बेहारी ! आप चाइन्जो हाम याँ बसिराख्या क्यारलेसै नगरी हल्ला कर्ता अउर हामको डिस्टक कर्ता हाए ? इदर आकर पुराना–थोत्रा बटुलबाटुलको काम–करमको परमिसिन हाए कि नहाए ? हामको च्याँख कराउन आबसेक हाए । झट्टै इदर आइज, नै त हाम ठानासे परहरी तुरन्ताके तु बोलाके आप झ्याक्नेको झ्याखानमै खँदार्ता हाए क्या । मालम हाए कि नहाए ?”

बिचरा भाँगाटुटे बिहारीले हरिरामको ‘सडेको क्वाँटी’ मार्का हिन्दी नबुझेरै होला, साइकल बिसाएर आँगनमा आउँदै भन्यो– “के कुडा छ काक्का मेरे सङ्मे ? इता तम्रोमा कुछ पोत्रिका–कागच ओैर पुर्ना माल छ तो दिणु, में किनिलिन्छुँ ।”

हरिराम झन् च्याठ्ठियो– “के अरे ? हामको चिन्ता हाए ? हाम एस छेत्रके होल–टोट्टल एरिआके इन्चारज कम्रेट हाए । इस ट्याम देशमै हामारे मजगुत सर्खार हाए अउर हाम जो मनमे आउता ओइ कर्ना सक्ता हाए । आप जइसा झ्याउ झटिङ्गरलाई त हाम अडर देगा त हामारे एरिआकै इ क्या इ पाँडे जइसा अकम्रेटले नेै भी ठेगान लगाउता हाय । ओइसा पाओरके व्यात्तित्तो हाय हाम । आप हामको ख्यालख्यालके आदमी ठान्ता हाए क्या ? तेस्सिमालाने !”…

कुडाकर्कटे बिहारी कालोमाथि नीलो भयो र किच्च दाँत देखाउँदै हिंड्न खोज्यो । तब हरिरामले हकार्दै भन्यो– “एइ लुते बेहारी, भाग्न आँट्ता हाए कि क्या ? कइसा–कइसा दुर्घा पर्साइँ, रबिन्र मिर्स, बीर्गन्जिया बाउसाप धओल सम्सेर जब्रा जइसा त खोरमा छन् भने… यल्ले मसित जोरी खोज्या हेर त हउ पाँडेजी ? होइन तपइँ तेति मजऽऽऽले हामेरको कम्रेटी चौउतारोका मालिकले छापा गरेको पत्रिकाको कुरो गरिराख्या र म जइसो एस ठामको एक लम्बरको अर्गानिक कमिनिस व्यात्तित्तो रामरमाइलो मानेर सुनिराख्या ट्याममा यो पढ्के कुँडाकर्कटेले हल्लागुल्ला गर्ने हो त ? उत्रा लाखम् मास्टर–मास्टरनीहर्ले उत्रो बीसउँ दिनदेखुन् काटमाडुँ नै रिजाप गरेर हल्ला गर्दा नि नटेर्ने सर्खार पच्छेका हामेरलाई यो थोत्रा बटुलेर कलेक्सिन गरिखाने बेहारी पिउसोले ठाढै डोम्नेट गर्ने ? तपइँ पनि दुइ सब्ध बोल त एस टपिकमा, लु–लु !”

म हरिराम र हरिराम जस्ता हरामीहरूकै अहिलेको फुर्तिफार्तीबाट वाक्कब्याक्क भएकाले मन–मनमा सम्झें… ‘यसलाई बोलीले जवाफ दिउँ कि लपेटै लपेटाले ?’… तर, ‘फेरि भोलिदेखि मेरो घरको खानेपानी र बिजुलीका लाइन पनि बन्द भो भने ? अहिलेको ‘एकाधिपति’ खाल्के शासनमा पालित–पोषित हरिराम जस्ता पोचालाई पनि बिच्काउनु हुँदैन । नत्र त्यसो–त्यसो नहुन सक्ने अवस्था नेर–नेरै नआइरहेको कहाँ छ र पाँडे ?’…भन्ने सम्झेर हातै चाहिँ उठाइन । तापनि भनें– ‘हौ बाजे, रक्सीको नसाले छोडेन ? कि म छोडाउँ हँ… ? यो बिचरो गरीबको…”

मलाई उछिन्दै उसले हाँसेर भन्यो– “ठूलाठाला लिन्ताइ–छिन्ताइ गर्न पाउने हकवाला ‘माथि’ छँइछन् । हामेरले निचोर्ने त एस्तैलाई हो क्यारे पाँडेजी । तपइँ आज चइँ मेरो यो मउका–चानसमा डानस गर्न देऊ न यार ! मैले चइँ अलेली–अलेली गर्दै आफ्लाई क्यान्द्रमा नपुगाउनु त अन्तखेरि ? उइले मैले पञ्चेती पत्रकारको काम गर्दाको साथी रग्गुजी पन्थ मन्त्री भइसक्ता, एकै उमेरको नरेन दाम्मोधर मोधी उत्रो इण्ड्या देशको प्राइमिस्टर भइसक्ता र अरू–अन्नेरू काँ–काँ पुगिसक्ता मेरो खुट्टो चइँ किन तान्छौ हउ पाँडेजी ?”…

मैले के भन्छु भन्ने नपर्खी लगत्तै कं. हरिरामले कुँडाकर्कटेतिर फर्केर सोध्यो– “एइ ध्वाँसे, आपके साइकिलका दुनु तरफ झोला–झोलामे नयाँ–नूतन भाँडाकुडा पनि हामका नजरमे झल्झली आ रहा हाए । ओ क्या हाए अउर काँहाँ लइजाउता हाय ?”

कुँडाकर्कटेले भन्यो– “बात के छ कि काक्का, कोइ आदमी पुर्ना माल दाम मिलाके दिइहाल्छ ओैर सट्टामे ओइ दाम बरोबर तिस्तो माल लिहाल्छ । उसमे कुछ लाफा”… त्यसपछि उसले ह्याँ–ह्याँ मात्र गरेर बाँकी कुरा भनेन !

हरिरामले फेरि सोध्यो– “क्या–क्या भाँडा–बर्तन हाए ?”

कुँडाकर्कटे– “पलासटिसके मग, छोटा ढक्की, छोटा डब्बा ओैर सिल्बरके सप साइचके थाली ओैर चम्चा, छल्नी, कचोरा भहुत माल छ ।”

कं. हरिरामले खिस्स दाँत देखाएर हुकुमी फर्माइस गर्दै भन्यो– “हामको भी एगोटा छोटा अउर एगोटा बडा सिल्भरे चमज, दुगोटा सिल्भरे थाल, एगोटा चाल्नी अउर पलासटिसके दुगोटा ढाकी चाइएका हाए । लेराइए त हउ ।”

कुँडाकर्कटे तुरन्त गयो र ती सामानहरू ल्याएर हरिरामको अगाडि राख्तै भन्यो– “डाइरेक क्याँस खरीदमे कुछ सस्ता पाउन्छ तो …तो काक्का जमा तीन सौ साठ रूपपा दिनु ।”

कं. हरिरामले ‘यो शासकीय जमाना’–को अरिजिनल अथवा लुटाहा लालची आँखा उज्यालेर ती सामान ओर्काइ–फर्काइ हेरेपछि गजक्क पर्दै भन्यो– “आप चाइन्जो सउँवार होल भने… कानेकोर्सी बुधार दिनको बेहान एकामर्निङ ट्याममे हामारे रेसिड्यानमे आकर पोइसा लेना । यइ पल्लो टोलके पस्सिउँ मोडके दख्खिनमे हाय हामारा रेसिड्यान । एक मिलिट भी लेट होएगा तो हाम बाहार होएङ्गे अउर जन्ताके काममे उधुम बिज्जी होएङ्गा हाय । हामारा रेसिड्यान नभेटा तो उदर हामारे टोलमे सब आध्मी–आध्मिनी हामारा कम्रेट हाय, उँधेरूसङमे सोधेगा तो अम्लाले देखाइदेगा, सत्ते ।… अबि आप जाऊ, याँ हामको यी पाँडेसे कुच गोप्पे डिसकेस हाए ।… जल्दी याँहाँसे नउ–दो–ग्यार होइए आप, हँ…!”

एक भन्नु न दुई भएर मुन्टो लोलाउँदै कुँडाकर्कटेले मतिर हे¥यो बिचरा ! मलाई ‘झन बिचरा’ देख्यो क्यार र लुरुक्क हिँड्यो !

त्यसपछि हरिरामले मेरो अनुहारतिर पुलुक्क हे¥र्या र के देख्यो वा के बुझ्यो कुन्नि, लगाइराखेको कोट खोलेर त्यसमा त्यो लुटका जिनिस पोको पारेर जान्छु पनि नभनी हतार–हतार सुँइकुच्चा ठोक्यो !…

ऊ निकै पर पुगिञ्जेल मैले ट्वाल्ल परेर हेरिरहें र एकपल्ट टाउको झट्कारेपछि ब्यूँझे झैं गर्दै आफैलाई भनें– ‘खोइ के उपाय थियो र !… थुक्क म !!”…

The post कं. हरिराम पनि ‘ठूलै नेता’ बन्ने सिँढी पो उक्लिँदैछ कि कसो हँ…? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register