लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ

झापा, २५ जेठ । सुनसरी र ताप्लेजुङबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी–१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउनसुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोही स्थानका २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जीवन [...] The post लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ appeared first on Jhapa Online.

Jun 8, 2025 - 09:46
 0
लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ

झापा, २५ जेठ । सुनसरी र ताप्लेजुङबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी–१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउनसुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोही स्थानका २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जीवन बुढाथोकीलाई ९२ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाइकल चालक धनकुटा–९ का २१ वर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र–१ बाट पक्राउ गरेको छ ।

त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका–७ घर भई हाल फुङलिङ–६ स्थित डेरा गरी बस्दै आएका २६ वर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थानसहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ वर्षीय नितेन बर्मनलाई फुङलिङ–२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register