दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले आफू क्यान्सर रोगी भएको र उपचारका लागि तारेक वा हाजिर जमानीमा रिहा गर्न माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश जारी गरेको हो। यसअघि पनि अदालतले उनको उपचारको […]

May 4, 2025 - 15:52
 0
दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले आफू क्यान्सर रोगी भएको र उपचारका लागि तारेक वा हाजिर जमानीमा रिहा गर्न माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश जारी गरेको हो।

यसअघि पनि अदालतले उनको उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको थियो। यद्यपि, प्रसाईं हालसम्म प्रहरी हिरासतमा नै छन् ।

अदालतले ज्यानसम्बन्धी कसुरमा प्रसाईंको बयान लिन बाँकी रहेको उल्लेख गर्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा रिहा गर्न नमिल्ने पनि स्पष्ट पारेको छ।

अदालतको आदेशले हिरासतमा रहे पनि दुर्गा प्रसाईंको स्वास्थ्योपचारलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register