कुन प्रदेशमा कति बढ्यो ज्याला र महँगी, कस्तो छ मुलुकको आर्थिक स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तिय स्थितिलाई समेट्दै सावर्जनिक गरेको विवरणमा सबैभन्दा बढी महँगी कोशी प्रदेशमा देखिएको छ । राष्ट्र बैंकले समग्र मुलुकमा ५.१ प्रतिशतले महँगी बढ्दा कोशी प्रदेशको महँगी (मुद्रास्फिति) ६.७ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फिति ५.६८ प्रतिशतले बढेको देखिन्छ भने सहरी […]

Feb 2, 2025 - 14:57
 0
कुन प्रदेशमा कति बढ्यो ज्याला र महँगी, कस्तो छ मुलुकको आर्थिक स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तिय स्थितिलाई समेट्दै सावर्जनिक गरेको विवरणमा सबैभन्दा बढी महँगी कोशी प्रदेशमा देखिएको छ । राष्ट्र बैंकले समग्र मुलुकमा ५.१ प्रतिशतले महँगी बढ्दा कोशी प्रदेशको महँगी (मुद्रास्फिति) ६.७ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फिति ५.६८ प्रतिशतले बढेको देखिन्छ भने सहरी क्षेत्रमा उपभोक्ता मूल्य सूचकांक ५.३१ प्रतिशतले बढेको देखिन्छ ।

कुन प्रदेशमा कति बढ्यो महँगी ?

राष्ट्र बैंकको विवरणअनुसार कोशी प्रदेशमा सबभन्दा बढी महँगी छ । त्यहाँको उपभोक्ता मुद्रास्फिति ६.७३ प्रतिशत छ भने मधेस प्रदेशको ५.९६ प्रतिशत छ । यस्तै बागमती प्रदेशमा उपभोक्ता मुद्रास्फितिको स्थिति ५.१४ प्रतिशत रहँदा गण्डकीमा ४.३ प्रतिशत छ । लुम्बिनीमा ४.८३ प्रतिशत कर्णालीमा ४.६० प्रतिशत र सुदूरपश्चिममा ५.६७ प्रतिशत छ ।

क्षेत्रगत रूपमा हेर्दा काठमाडौं उपत्यकामा वार्षिक उपभोक्ता मुद्रास्फिति ५.०३ प्रतिशत, तराईमा ५.६० प्रतिशत छ । यस्तै पहाडमा ५.४१ प्रतिशत रहँदा हिमालको ५.२७ प्रतिशत छ ।

तलब तथा ज्यालाको सूचकांकमा सुदूरपश्चिम अगाडी

राष्ट्र बैंकको तलब तथा ज्याला सूचकांक सबभन्दा बढी ज्याला सुदूरपश्चिममा बढेको देखाएको छ । विवरण अनुसार त्यहाँको वार्षिक तलब तथा ज्याला ७.५९ प्रतिशतले बढेको छ । यस्तै, दोस्रोमा ४.२६ प्रतिशतसहित मधेस प्रदेश छ । तेस्रोमा ३.२७ प्रतिशतसहित लुम्बिनी छ भने चौँथोमा ३.०८ प्रतिशतसहित  कर्णाली छ । गण्डकीमा तलब तथा ज्याला सूचकांक २.७० प्रतिशत रहँदा कोशीमा १.३० प्रतिशत छ ।

विप्रेषणबैङ्किङ र विदेशी मुद्रा सञ्चितिमा यस्तो छ अवस्था

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार रेमिट्यान्स अर्थात्, विप्रेषणको वृद्धि खस्किएको छ । पछिल्लो दुई वर्षको तुलनामा विप्रेषण वृद्धि खस्किएको राष्ट्र बैंकको भनाइ छ ।

डलरको विनिमय दर बढ्दा पनि  चालू आर्थिक वर्षको पुस मसान्तसम्म ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको  नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ४.१ प्रतिशतले मात्र बढेको हो । मंसिरसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रहेको रेमिट्यान्स पुसमा १ खर्ब २२ अर्ब ४३ करोड रेमिट्यान्स आएको देखिन्छ ।

सरकारसँग विदेशी  मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको विवरणअनुसार गत असारको तुलनामा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकको विवरणले वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर ३९ महिना यताकै सस्तो देखाएको छ । नेपाल राष्ट्र बैंकले २०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको देखाएको छ । यस्तै विकास बैंकहरूको भारित १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत रहेको विवरण छ ।

यता, २०८१ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत रहेको तथ्यांक छ ।

यस्तै, विकास बैंकहरूको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register