लखनऊलाई हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब सुपर किङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । हिमाचलको धर्मशाला रङ्गशालामा आइतबार राति सकिएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो । जितका लागि २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनऊ निर्धारित २० ओभरमा ७ विजेट गुमाउँदै १९९ रनमा समेटियो । लखनऊका खेलाडीहरू […]

May 5, 2025 - 02:43
 0
लखनऊलाई हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब सुपर किङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

हिमाचलको धर्मशाला रङ्गशालामा आइतबार राति सकिएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो ।

जितका लागि २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनऊ निर्धारित २० ओभरमा ७ विजेट गुमाउँदै १९९ रनमा समेटियो ।

लखनऊका खेलाडीहरू ब्याटिङमा कमजोर बने । हारको कारण यही बन्यो । यद्यपि लखनऊका लागि आयुष बडोनीले अर्धशतक बनाए । उनले ४० बलमा ५ चौका र ५ छक्कासहित टिमका लागि सर्वाधिक ७४ रन जोडे । यस्तै अब्दुल सामदले ४५ रन बनाए ।

पञ्जाबका लागि अर्षदीप सिंहले ४ ओभरमा मात्र १६ रन दिएर सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रनको विशाल योगफल खडा गरेको थियो ।

ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले । प्राभसिम्रन सिंहसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेर जोश इङ्लिस ३० रनमा आउट भए ।

यसपछि प्राभसिम्रन र कप्तान श्रेयश अयरले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे । श्रेयश २५ बलमा ४५ रन जोडेर आउट भए । प्राभसिम्रनको प्रदर्शन उल्लेखनीय रहयो । उनले ४८ बल खेल्दै ६ चौका र ७ छक्कासहित ९१ रनको सानदार पारी खेले । अर्धशतक बनाएका उनी शतक बनाउनबाट ९ रनले चुके । सशांक सिंहले अविजित ३३ रन जोडे ।

लखनऊका आकाश सिंह र दिगभेष राथीले २/२ विकेट हात पारे ।

यो जितसँगै पञ्जाबले ११ खेलमा सातौं जितसहित १५ अंक जोडेको छ । पञ्जाब लिग लिडर रोयल च्यालेन्जर्स बैङ्गलोरभन्दा १ अंकले पछि रहेको छ ।

यता लखनऊको ११ औं खेलमा यो छैटौं हार हो । लखनऊको १० अंक रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि झिनो अन्तरले हराएको छ ।

इडेन गार्डेनमा भएको खेलमा घरेलु टोलीले राजस्थानमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

राजस्थानमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register