ब्लडक्यान्सर पीडितद्वारा सहयोगको अपिल

काठमाडौँ। रक्त क्यान्सरबाट पिडित तेह्रथुम जिल्लाका हेमचन्द्र (दीपक ) खनालको उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले परिवार जनले मनकारी दाता समक्ष अपिल गरेका छन् । काठमाडौको सिभिल अस्पतालमा उपचाररत ४५ बर्षका खनालको विगत २ महिना देखि आफन्त र सुभचिन्तकको साथ सहयोगमा उपचार जारी रहेकोछ । हाल सम्म आफन्तबाट २ लाखको हाराहारीमा सहयोग प्राप्त भएको र […]

May 5, 2025 - 13:36
 0
ब्लडक्यान्सर पीडितद्वारा सहयोगको अपिल

काठमाडौँ।

रक्त क्यान्सरबाट पिडित तेह्रथुम जिल्लाका हेमचन्द्र (दीपक ) खनालको उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले परिवार जनले मनकारी दाता समक्ष अपिल गरेका छन् ।

काठमाडौको सिभिल अस्पतालमा उपचाररत ४५ बर्षका खनालको विगत २ महिना देखि आफन्त र सुभचिन्तकको साथ सहयोगमा उपचार जारी रहेकोछ । हाल सम्म आफन्तबाट २ लाखको हाराहारीमा सहयोग प्राप्त भएको र ९ लाख भन्दा बढी खर्च भैसकेको खनालका भाई जनक खनालले जानकारी गराए ।

उनले भने, हाल बिरामीको अवस्था सुधारोन्मुख भएकाले हामी उनको नयाँ जीवनका लागि मनकारी दाताहरु समक्ष अपिल गर्दछौं । यतिबेला हेमन्तको जीवन बचाउँन हरतवरबाट लागि परेका छौं र उनको अमूल्य जीवन बचाउँन लागि परेको सिभिल अस्पताल र उपचारमा संलग्न चिकित्सकहरु, सहयोगी दाता तथा आफन्तजन सम्पूर्णमा कृतज्ञता जाहेर गर्दै हाम्रा परिवारका धरोहर हेमचन्द्रलाई बचाईदिनुस भन्दै अपिल गर्दछौं । ‘

तेह्रथुम जिल्लाको जीवन छथर गाउँपालिका वार्ड नं २ बस्ने होम प्रसाद खनालको छोरा हेमचन्द्र खनाल (दीपक ) सामान्य किसान परिवारमा जन्मिएका व्यक्ति हुन् । उनको पेशा कृषि भएकाले आम्दानीको स्रोत कमजोर भएकोले मानवीय सहयोगको अपेक्षासहित उनको परिवारले देश विदेशमा रहने आम नेपाली तथा सुभचिन्तक, संघसंस्था समक्ष अपिल गरेका छन् ।

हेमचन्द्र खनाललाई सहयोग जुटाउन  उनको छोरा सञ्जीव खनालको नाममा लक्ष्मी सनराइस बैंकमा १६९१६४०७१९२०५००१नम्बरको खाता खोलिएको छ। थप जानकारी तथा सहयोगका लागि भाइ जनक खनालको  मोबाइल नम्बर ९८४२२१९३३४ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register