बैंकिङ कसुरको मुद्दामा १ करोड ५० लाख जरिबाना सुनाइएका फरार व्यक्ति पक्राउ
काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमीत अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको परिसरका एसपी […]


काठमाडौं ।
बैंकिङ कसुरको मुद्दामा एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमीत अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
उनीविरुद्ध २२ जेठ २०८० मा बैंकिङ कसुरको मुद्दामा ३० दिन कैद र एक करोढ ५० लाख जरिवानाको फैसला भएको थियो ।
त्यसैगरी २१ असार २०८० मा चेक अनादार मुद्दामा तीन हजार जरिवानाको फैसला सुनाइएको थियो । २४ फागुन २०८० मा चेक अनादारकै चार हजारको फैसला सुनाइएको थियो ।
What's Your Reaction?






