सभामुखले सत्तापक्षसँग मागे संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयकमा धारणा

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट पास भइ प्रतिनिधि सभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले)सँग छलफल गरेका छन् । सभामुख घिमिरेले आइतबार काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गरेका हुन् । “सभामुखले राष्ट्रियसभाबाट पारित भएर […]

Jan 26, 2025 - 09:02
 0
सभामुखले सत्तापक्षसँग मागे संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयकमा धारणा

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट पास भइ प्रतिनिधि सभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले)सँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले आइतबार काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गरेका हुन् ।

“सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ”, काङ्ग्रेस प्रमुख सचेतक घिमिरेले भने ।

एमाले प्रमुख सचेतक बर्तौलाले भने संसद्‌मा विचाराधीन सबै विधेयक अघि बढ्ने बताएका थिए ।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन् । सभामुख घिमिरेले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग छलफल गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register