पाकिस्तानमाथि भारतले गरेको सैन्य कारबाहीको पक्षमा उभिए जनार्दन शर्मा

जम्मू कश्मीरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको हत्या भएको आतंकवादी हमलाको दोषी मान्दै भारतले पाकिस्तानमाथि गरेको सैन्य कारबाहीलाई प्रमुख विपक्षी पार्टी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सही ठहर गरेका छन् । मंगलबार राति भारतीय सेनाले पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा गरी ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो । जसमा ४६ जना […]

May 8, 2025 - 08:39
 0
पाकिस्तानमाथि भारतले गरेको सैन्य कारबाहीको पक्षमा उभिए जनार्दन शर्मा

जम्मू कश्मीरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको हत्या भएको आतंकवादी हमलाको दोषी मान्दै भारतले पाकिस्तानमाथि गरेको सैन्य कारबाहीलाई प्रमुख विपक्षी पार्टी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सही ठहर गरेका छन् ।

मंगलबार राति भारतीय सेनाले पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा गरी ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो । जसमा ४६ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी भनाइ छ ।

यता भारतले भने आतंकवादीको ठेगानामा सटिक आक्रमण गरिएको दाबी गरेको छ । यसरी भारतले सैन्य कारबाही गरेपछि आणविक शक्तिसम्पन्न दुई छिमेकीबीचको तनाव उच्च स्तरमा बढेका बेला नेपाल सरकारको औपचारिक धारणा भने आइसकेको छैन । तर, पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेताले भारतीय कारबाहीलाई उचित ठहर्‍याएका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’

भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बसेको थियो । उता केन्द्रीय सुरक्षा समितिको पनि बैठक बसेको थियो । र नेपाल–भारत सीमामा उच्च सतर्ककता अपनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register