दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि  न्यायाधीश ठाकुर प्रसाद खरेलले  उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका  हुन् । पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो […]

Jan 9, 2025 - 13:42
 0
दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि  न्यायाधीश ठाकुर प्रसाद खरेलले  उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका  हुन् ।

पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो ।

उनीमाथी भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको अभियोग लगाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register