बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ, बढाऔं : काङ्ग्रेस सांसद राना

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद सीताकुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासन्धि अनुमोदन गरेको ३५ वर्ष वितिसक्दा पनि थोरै स्थानीय तह बालमैत्री हुनु दुर्भाग्य भएको बताएकी हुन् । उनले भनिन्, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासन्धि बिनासर्श अनुमोदन […]

May 9, 2025 - 08:24
 0
बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ, बढाऔं : काङ्ग्रेस सांसद राना

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद सीताकुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासन्धि अनुमोदन गरेको ३५ वर्ष वितिसक्दा पनि थोरै स्थानीय तह बालमैत्री हुनु दुर्भाग्य भएको बताएकी हुन् ।

उनले भनिन्, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासन्धि बिनासर्श अनुमोदन गरेका छौँ । ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात् अवस्था सबैसामु जगजायर छ । तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ, हालसम्म २६ स्थानीय तह र करिब १०० वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ,’ उनले भनिन्, ‘सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्यून छ ।’

सांसद रानाले अबको बजेटमा बालबालिकामैत्री बजेट तर्जुमा गरी बालबालिकामाथि लगानी गर्न र देशमा बाललगानी दशकको घोषणाका लागि सरकारसँग माग पनि गरेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register