मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २६ वैशाख । मोरङको ग्रामथान गाउँपालिकापा–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । वैशाख २५ गते दिउसो बिराटनगरबाट बिराटचौक तर्फ जाँदै गरेको प्रदेश १.०२.०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिदा घाईते भएका गिरीलाई तत्काल उपचारको लागि नोबेल अस्पताल [...] The post मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु appeared first on Jhapa Online.

May 9, 2025 - 09:08
 0
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २६ वैशाख । मोरङको ग्रामथान गाउँपालिकापा–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

वैशाख २५ गते दिउसो बिराटनगरबाट बिराटचौक तर्फ जाँदै गरेको प्रदेश १.०२.०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिदा घाईते भएका गिरीलाई तत्काल उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका–७ का अनिस भगतलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

The post मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register