अमृतसर, पठानकोट र श्रीनगरमा एकपछि अर्को विस्फोट, जम्मू र पुंछमा स्थिति तनावपूर्ण

काठमाडौं । भारतको पञ्जाबका धेरै सीमावर्ती सहरमा एकपछि अर्को विस्फोटका आवाज सुनिएका छन् । पठानकोटमा रहेका बीबीसी संवाददाता जुगल पुरोहितले आफू र साथी क्यामेराम्यान अन्तरिक्ष जैनले धेरै पटक विस्फोटका आवाज सुनेको र आकाशमा प्रकाश देखेको बताएका छन् । उनले भने, ‘भारतीय सेनाले ड्रोनबाट आक्रमण भएको जानकारी दिएको छ र ती ड्रोनहरूलाई खसाल्ने प्रयास भइरहेको छ […]

May 10, 2025 - 01:40
 0
अमृतसर, पठानकोट र श्रीनगरमा एकपछि अर्को विस्फोट, जम्मू र पुंछमा स्थिति तनावपूर्ण

काठमाडौं । भारतको पञ्जाबका धेरै सीमावर्ती सहरमा एकपछि अर्को विस्फोटका आवाज सुनिएका छन् ।

पठानकोटमा रहेका बीबीसी संवाददाता जुगल पुरोहितले आफू र साथी क्यामेराम्यान अन्तरिक्ष जैनले धेरै पटक विस्फोटका आवाज सुनेको र आकाशमा प्रकाश देखेको बताएका छन् ।

उनले भने, ‘भारतीय सेनाले ड्रोनबाट आक्रमण भएको जानकारी दिएको छ र ती ड्रोनहरूलाई खसाल्ने प्रयास भइरहेको छ । जताततै ब्ल्याकआउट छ ।’

अमृतसरमा उपस्थित बीबीसी संवाददाता रविन्दर सिंह रोबिनले पनि सहरमा एकपछि अर्को धेरै विस्फोटका आवाज सुनिएको बताए । ‘सहरमा एकपछि अर्को धेरै विस्फोटका आवाज सुनिएका छन्,’ उनले भने, ‘यससँगै, ड्रोनहरू पनि देखिए र वायुसेना स्टेसन नजिकै गोलीबारीका आवाजहरू सुनिएका छन् ।’

यद्यपि, अधिकारीहरूले भने यस घटनामा अहिलेसम्म आक्रमणमा कसैले पनि ज्यान गुमाएका छैनन् ।

यसैबीच, पुंछ नजिकैको सुरनकोटमा रहेका बीबीसी संवाददाता राघवेन्द्र रावका अनुसार पुंछमा शुक्रबार राति र शनिबार बिहान भारी गोलाबारी भएको थियो । जसमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । उनले भने, ‘यद्यपि, सुरनकोट सीमाबाट अलि टाढा छ र यहाँ गोलाबारीले धेरै प्रभाव पारेको छैन ।’

जम्मूमा उपस्थित बीबीसी संवाददाता दिव्या आर्यले स्थानीय मानिसहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार त्यहाँ पनि विस्फोट भएको छ । उनले भनिन्, ‘त्यस क्षेत्रका मानिस घरमै छन्, तर सर्वत्र सन्नाटा छाएको छ । दिनभरि अवस्था सामान्य थियो । बजारमा मानिसहरू देखिन्थे, तर साँझ स्थिति तनावपूर्ण भयो ।

श्रीनगरमा रहेका बीबीसी संवाददाता मजिद जहाँगीरका अनुसार श्रीनगर र अवन्तीपुरामा धेरै विस्फोटका आवाज सुनिएका छन् । साथै, कश्मीरका धेरैजसो भागहरूमा बिजुली गएको छ ।

समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ ।

बीबीसीका सह–पत्रकार रवीन्द्रसिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुन्न सकिने जानकारी दिए ।

पञ्जाबका बीबीसीका स्थानीय पत्रकारहरूले फिरोजपुरका स्थानीयहरूले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको रिपोर्ट गरेको बताए ।

फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले पनि आफूले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।

बीबीसी पत्रकार नवजोत कौरका अनुसार उपायुक्त निशान्त यादवको आदेशमा चण्डीगढका बजारहरू साँझ ७ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

यही वैशाख ९ गते आतंककारीले पहलगाममा एक नेपालीसहित २६ जना पर्यटकको हत्या भएपछि पछिल्ला केही दिनयता भारत र पाकिस्तानबीच तनावको अवस्था छ ।

–बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register