बोटबिरुवा पनि जरा र गन्धमार्फत गर्छन् संवाद !

काठमाडौं । बाेटबिरुवाले विभिन्न तरिकाले संवाद गर्छन् भन्ने विश्वभरका वैज्ञानिकहरूले गरेका अनुसन्धानले देखाएको छ  । ध्वनि, गन्ध, रासायनिक सङ्केत र जमिनमुनिको ढुसी नेटवर्क प्रयोग गरेर उनीहरूले संवाद गर्ने गरेकाे पाइएको छ । सन् २०२३ को मार्चमा सेल जर्नलमा (Cell-Journal) प्रकाशित एक अनुसन्धानअनुसार बिरुवाले तनावको समयमा अल्ट्रासोनिक ध्वनि (Ultrasonic-sound) निकाल्ने गर्छन्, जुन हामीले सुन्न नसके पनि […]

May 10, 2025 - 07:31
 0
बोटबिरुवा पनि जरा र गन्धमार्फत गर्छन् संवाद !

काठमाडौं । बाेटबिरुवाले विभिन्न तरिकाले संवाद गर्छन् भन्ने विश्वभरका वैज्ञानिकहरूले गरेका अनुसन्धानले देखाएको छ  । ध्वनि, गन्ध, रासायनिक सङ्केत र जमिनमुनिको ढुसी नेटवर्क प्रयोग गरेर उनीहरूले संवाद गर्ने गरेकाे पाइएको छ ।

सन् २०२३ को मार्चमा सेल जर्नलमा (Cell-Journal) प्रकाशित एक अनुसन्धानअनुसार बिरुवाले तनावको समयमा अल्ट्रासोनिक ध्वनि (Ultrasonic-sound) निकाल्ने गर्छन्, जुन हामीले सुन्न नसके पनि किरा, चमेरा र मुसाजस्ता प्राणीहरूले सजिलै सुन्न सक्छन् । यससम्बन्धी अध्ययन इजरायलको तेल अविव विश्वविद्यालयका प्रोफेसर लिलाच हाडानी (Lilach Hadany), प्रोफेसर योसी योवेल (Yossi Yovel)  र तिनका सहकर्मीले गरेका थिए ।

वैज्ञानिकका अनुसार बिरुवाले ‘मद्दत गर्नुहोस्’, ‘यहाँ आउनुहोस्’,‘स्रोतहरू संरक्षण गर्नुहोस्’, ‘मेरा फलहरू खानका लागि तयार छन्’ भन्नेजस्ता सन्देश वातावरणमा प्रवाह गर्छन् ।

धेरै प्रजातिका बिरुवाले तनावको बेला अल्ट्रासोनिक ध्वनि निकाल्छन् भन्ने तथ्य अध्ययनले पत्ता लगाएको छ । मानव भएकोले हामीले तिनीहरूको आवाज सुन्न सक्दैनौँ तर सुँघ्न भने सक्छौँ । उदाहरणका लागि घाँस काटेपछि आउने त्यो विशेष गन्ध (भोलाटाइल) (Volatile-Organic-Compounds) वास्तवमा बिरुवाको पीडाको सङ्केत हो । यो गन्ध हामीलाई केही जस्तो लाग्दैन, तर वास्तवमा यो बिरुवाको सङ्कटकालीन सन्देश हो । झुसिल्किराले खाँदा पनि बिरुवाहरूले यस्तै गन्ध छोड्छन्, जसले अन्य किराहरूलाई आकर्षित गर्छ र तिनीहरूले झुसिलकिराको सिकार गर्छन् ।

बिरुवाभित्रै पनि संवाद प्रणाली हुन्छ । जराले जमिनमा पानीको कमी महसुस गर्दा तिनीहरूले रासायनिक र विद्युतीय सङ्केतको माध्यमबाट पातलाई पानी बचत गर्न निर्देशन दिन्छन् । जसरी हाम्रो दिमागले शरीरका विभिन्न भागमा सन्देश पठाउँछ, त्यसरी नै बिरुवाको जराले पनि सन्देशहरू विभिन्न भागमा फैलाउँछन् ।

अझ अचम्मको कुरा त के छ भने बिरुवाले जमिनमुनि ढुसीसँग मिलेर एक विशाल नेटवर्क बनाउँछन् । यसलाई माइकोराइजल नेटवर्क भनिन्छ । यो नेटवर्कमार्फत बिरुवाले एकअर्कालाई पोषक तत्त्व र सूचना आदानप्रदान गर्छन् ।

पर्डयू विश्वविद्यालयको बोटनी तथा प्लान्ट प्याथोलोजी विभागमा माइकोलोजी (ढुसी विज्ञान)की प्राध्यापक क्याथी एम. (Mary Catherine (Cathie) Aime) का अनुसार यस नेटवर्कमा ढुसी र जराबीच साना आरएनएका टुक्राहरू आदानप्रदान हुने गर्छन्, जसले जिन अभिव्यक्तिमा असर पार्छ । यदि ढुसी मित्र हो भने बिरुवालाई सघाउँछ, तर यदि ढुसी शत्रु हो भने बिरुवाको रक्षा प्रणाली बन्द गराइदिन्छ । जसले ढुसीलाई आक्रमण गर्न सजिलोसमेत बनाउँछ ।

अनुसन्धानकर्ताका अनुसार एउटा पुरानो ‘नर्स’ रुखबाट ढुसी नेटवर्कमार्फत कार्बन अर्को कम उमेरको रुखसम्म जान्छ, जसले राम्रोसँग प्रकाश प्राप्त गर्न सक्दैन र प्रकाश संश्लेषण गर्न सक्दैन । बिरुवाहरू हामीले कल्पना गरेभन्दा धेरै बुद्धिमान, संवेदनशील र संवादशील जीव हुन् । र, अझै पनि धेरै कुरा अनुसन्धान हुन बाँकी नै छन् ।

यससम्बन्धी प्रकाशित भएका अन्य आर्टिकल :

  1. National Institutes of Health
  2. National Geographic
  3. ScienceDirect

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register