आज कनकाईको दुर्गापुरमा फाक्ताङलुङ महोत्वस हुँदै

दुर्गापुर, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा आज फक्ताङलुङ महोत्सव २०८१ हुँदैछ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको आयोजनामा फाउण्डेसन प्राङ्गणमा महोत्सवको हुँदैछ । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने विद्यालयका प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो [...] The post आज कनकाईको दुर्गापुरमा फाक्ताङलुङ महोत्वस हुँदै appeared first on Jhapa Online.

Feb 19, 2025 - 01:32
 0
आज कनकाईको दुर्गापुरमा फाक्ताङलुङ महोत्वस हुँदै

दुर्गापुर, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा आज फक्ताङलुङ महोत्सव २०८१ हुँदैछ ।

कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको आयोजनामा फाउण्डेसन प्राङ्गणमा महोत्सवको हुँदैछ । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने विद्यालयका प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहने उहाँले बताउनुभयो ।

महोत्सवमा झापाका विभिन्न विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, अविभावक, जनप्रतिनिधि, शिक्षासेवी लगायत २ हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ । महोत्सवमा प्राचिन घरेलु सामग्रीको प्रदर्शनी तथा फक्ताङलुङ म्युजियमको उद्घाटन, विज्ञान तथा रोबर्टिस प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछ ।

The post आज कनकाईको दुर्गापुरमा फाक्ताङलुङ महोत्वस हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register