ढुवानी व्यवस्था प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन् । शनिबार ढुवानी व्यवसायी महासंघको १६औं वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन् । उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो […]

May 10, 2025 - 12:07
 0
ढुवानी व्यवस्था प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन् ।

शनिबार ढुवानी व्यवसायी महासंघको १६औं वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन् ।

उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ । दुनियाँमा ढुवानी व्यवस्था प्रभावकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ । त्यसकारण ढुवानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो । यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो । यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register