नेविसङ्घ नेताले केयूका विद्यार्थीलाई धम्काएको आरोप

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत कानुन पढाइ हुने ‘केयू स्कुल अफ ल’मा अध्ययनरत विद्यार्थीहरूले काङ्गेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेताहरूले आफूलाई धम्काएको आरोप लगाएका छन् । नेविसङ्घका सदस्यहरू प्रशासनको अनुमति बिना नै क्याम्पसभित्र प्रवेश गरी कक्षा कोठासम्म पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई बाहिर बोलाएर धम्काएको आरोप उनीहरूको छ । काठमाडौं विश्वविद्यालयको स्कूल अफ लमा अध्ययनरत […]

Feb 7, 2025 - 11:03
 0
नेविसङ्घ नेताले केयूका विद्यार्थीलाई धम्काएको आरोप

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत कानुन पढाइ हुने ‘केयू स्कुल अफ ल’मा अध्ययनरत विद्यार्थीहरूले काङ्गेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेताहरूले आफूलाई धम्काएको आरोप लगाएका छन् ।

नेविसङ्घका सदस्यहरू प्रशासनको अनुमति बिना नै क्याम्पसभित्र प्रवेश गरी कक्षा कोठासम्म पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई बाहिर बोलाएर धम्काएको आरोप उनीहरूको छ ।

काठमाडौं विश्वविद्यालयको स्कूल अफ लमा अध्ययनरत विधार्थी अङ्कित झाले आफूलाई ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन् ।

“हामी कक्षामा अध्ययन गरिरहेका थियौँ । अचानक केही व्यक्तिहरू आएर मलाई बाहिर बोलाउन थाले । जब मैले अस्वीकार गरेँ, उनीहरूले ज्यान मार्ने धम्की दिए।,” झाले भने ।

यद्यपि, हालसम्म विश्वविद्यालय प्रशासनले घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register