सुनको भाउ तोलामा ३७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज […]

May 12, 2025 - 06:27
 0
सुनको भाउ तोलामा ३७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register