दर्ता नभए सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् । नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् । उनले भने, “हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, […]

Feb 5, 2025 - 08:12
 0
दर्ता नभए सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् ।

नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, “हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौँ।”

सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने मागका आम नागरिकहरूकै रहेको उनको भनाइ छ ।

उनले मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्‌मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसद्‌मा पेस गरिएकोसमेत बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register