हमासले इजरायली-अमेरिकी नागरिक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने

काठमाडौं । हमासले इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने बताएको छ । एडेन अलेक्ज्याण्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागको रूपमा यो कदम चालिरहेको छ । हमासको यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार मध्यपूर्वको भ्रमणमा जाँदैछन् । हमासले […]

May 12, 2025 - 06:49
 0
हमासले इजरायली-अमेरिकी नागरिक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने

काठमाडौं । हमासले इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने बताएको छ ।

एडेन अलेक्ज्याण्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागको रूपमा यो कदम चालिरहेको छ ।

हमासको यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार मध्यपूर्वको भ्रमणमा जाँदैछन् ।

हमासले यसले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको छ । विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ ।

यसअघि हमासका एक वरिष्ठ अधिकारीले बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ ।

यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले इडेन अलेक्ज्याण्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा एडन अलेक्ज्याण्डरको रिहाइको पुष्टि गरेका छन् ।

एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनको हुर्काइ अमेरिकाको न्यू जर्सीमा भएको थियो ।

२१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए, जब उनलाई अक्टोबर ७ मा हमासले पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register