शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबलको ‘स्ट्रेन्थ पार्टनर’

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको छ । नेपाल भलिबल सङ्घद्वारा आयोजित ९औं प्रधानमन्त्री कप – एनभीए महिला/पुरुष भलिबल लिग २०८२ आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पोखराको रङ्गशालास्थित […]

May 13, 2025 - 12:32
 0
शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबलको ‘स्ट्रेन्थ पार्टनर’

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको छ ।

नेपाल भलिबल सङ्घद्वारा आयोजित ९औं प्रधानमन्त्री कप – एनभीए महिला/पुरुष भलिबल लिग २०८२ आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पोखराको रङ्गशालास्थित कभर्ड हलमा आयोजना हुनेछ ।

प्रतियोगितामा ६ महिला र ८ पुरुष टिम गरी कुल १४ टिम सहभागी हुनेछन् ।

शिवम् सिमेन्टले राष्ट्रिय खेलको प्रवर्द्धन र दीर्घकालीन समर्थनको नीति अनुरूप प्रतियोगितामा सहकार्य गर्न लागेको हो । यस सम्बन्धमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्ट लिमिटेडका सेल्स एण्ड मार्केटिङ विभागका उपाध्यक्ष निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

शिवम् सिमेन्टले यसअघि पनि नेपाली भलिबलको प्रवर्द्धनमा विभिन्न माध्यमबाट योगदान दिँदै आएको छ । कम्पनीले शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित महिला भलिबल कप, न्यू डाइमण्ड एकेडेमी टिम, र एभरेष्ट भलिबल लिगअन्तर्गत कर्णाली यशविस टिमको प्रायोजन गर्दै भलिबलको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register