बजारमा ग्यास अभाव, ‘जहाँ सोधे पनि छैन मात्र भन्छन्’ 

काठमाडौँ । बजारमा ग्यास अभाव हुन थालेको छ । केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको हो । हाल ग्यास लिन जाने अधिकांशहरु खाली हात फर्किन बाध्य छन् ।  बिहीबार व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरेर ग्यास आयात नगर्ने चेतावनी दिएपछि बजारमा ग्यासको अभाव हुन थालेको हो । व्यवसायीहरुले फागुन १ गतेदेखि ५ गतेसम्म विरोध कार्यक्रमबारे […]

Feb 12, 2025 - 02:57
 0
बजारमा ग्यास अभाव, ‘जहाँ सोधे पनि छैन मात्र भन्छन्’ 

काठमाडौँ । बजारमा ग्यास अभाव हुन थालेको छ । केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको हो । हाल ग्यास लिन जाने अधिकांशहरु खाली हात फर्किन बाध्य छन् । 

बिहीबार व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरेर ग्यास आयात नगर्ने चेतावनी दिएपछि बजारमा ग्यासको अभाव हुन थालेको हो । व्यवसायीहरुले फागुन १ गतेदेखि ५ गतेसम्म विरोध कार्यक्रमबारे प्रचार गर्ने, ६ गतेदेखि भारतीय आयल कर्पोरेसनबाट ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी गरेका छन् । 

उनहिरुले ग्यास लोड भएका आएका बुलेटहरु भन्सार नाकाबाट छुट्न नदिने, १७ गतेदेखि सबै एलपी ग्यास उद्योग बन्द गर्ने र २२ गते देशभरका बिक्रेता डिपोहरु बन्द गर्ने तयारी भएका छन् । 

यही कारण बजारमा ग्यास अभाव हुन थालेको जानकारहरु बताउँछन् । तर, बिक्रेताहरुले भने आन्दोलनका कारण ग्यास अभाव नहुने बताएका छन् । ग्यास व्यवसायीहरुले आन्दोलनको घोषणा गरेसँगै अहिले ग्यास डिलरमा उपभोक्ताहरुको भीड लाग्न थालेको छ । व्यवसायीहरुको सञ्चालन खर्च बढेपछि काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

यहीबीच कतिपय व्यवसायीहरुले आन्दोलनलाई टार्गेट गरेर व्यवसायीहरुले ग्यास लुकाएर कृतिम अभाव सृजना गरी कालोबजारी गर्ने गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register