हल्दिबारीमा हावाहुरीले १७ लाख ६० हजार बराबरको क्षति

झापा, २ जेठ । हावाहुरीले हल्दिबारीमा क्षति पु¥याएको छ । बुधबार राति आएको हावाहुरीले यहाँको दुई वटा घर र एउटा विद्यालयमा क्षति पु¥याउँदा १७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तो छ क्षतिको विवरण— हल्दिबारी–४ का केदारप्रसाद उप्रेतीको ईट्टा, सिमेन्टले बनेको २ तल्ले पक्की घरको छत माथि ट्रस्ट [...] The post हल्दिबारीमा हावाहुरीले १७ लाख ६० हजार बराबरको क्षति appeared first on Jhapa Online.

May 16, 2025 - 02:32
 0
हल्दिबारीमा हावाहुरीले १७ लाख ६० हजार बराबरको क्षति

झापा, २ जेठ । हावाहुरीले हल्दिबारीमा क्षति पु¥याएको छ । बुधबार राति आएको हावाहुरीले यहाँको दुई वटा घर र एउटा विद्यालयमा क्षति पु¥याउँदा १७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तो छ क्षतिको विवरण
— हल्दिबारी–४ का केदारप्रसाद उप्रेतीको ईट्टा, सिमेन्टले बनेको २ तल्ले पक्की घरको छत माथि ट्रस्ट जोडी बनाएको टिन उडाउँदा २ लाख ५० हजार बरामबरको क्षति भएको छ ।
— हल्दिबारी–४ का कृष्णकुमारी पौडेलको १ तल्ले घरको टिन उडाउँदा १० हजार बराबर क्षति भएको छ ।
— हल्दिबारी–३ का ढडुवा डाडागाँउस्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयको टिनको छाना, जिप्सम, वाइरिङ, र शौचालय समेतमा क्षति भई करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post हल्दिबारीमा हावाहुरीले १७ लाख ६० हजार बराबरको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register