सुनसरीबाट एक सय ८० हजयात्री जाने

सुनसरी, २ जेठ । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका छन् । हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताउनुभयो । हजयात्री विभिन्न पाँच चरणमा [...] The post सुनसरीबाट एक सय ८० हजयात्री जाने appeared first on Jhapa Online.

May 16, 2025 - 02:38
 0
सुनसरीबाट एक सय ८० हजयात्री जाने

सुनसरी, २ जेठ । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका छन् ।

हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताउनुभयो । हजयात्री विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो ।

सुनसरीबाट आइतबार बिहान एक सय १८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्ने उहाँले बताउनुभयो । सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको टोलीमा सहभागी भएर प्रस्थान गर्नेछन् । बाँकी हजयात्रीहरू पनि विभिन्न मितिमा जाने जनाइएको छ ।

गत वर्ष आवेदन दिएर जान नपाएका र चालु आर्थिक वर्षमा आवेदन दिएकाबाट छनोट भएका एक सय ८० जना छनोटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यात्रीको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्था पूरा गरिसकेको हज व्यवस्थापन समितिले जनाएको छ ।

The post सुनसरीबाट एक सय ८० हजयात्री जाने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register