राजदूतको स्वागतमा अन्तु–कन्याम सिङ्गारिँदै

प्रेम अधिकारीपशुपतिनगर-इलाम), २९ चैत । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत यहि चैत ३१ देखि वैशाख १ र २ विभिन्न देशका राजदूत अन्तु आउने भए [...] The post राजदूतको स्वागतमा अन्तु–कन्याम सिङ्गारिँदै appeared first on Jhapa Online.

Apr 11, 2025 - 11:35
 0
राजदूतको स्वागतमा अन्तु–कन्याम सिङ्गारिँदै

प्रेम अधिकारी
पशुपतिनगर-इलाम), २९ चैत ।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ ।

परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत यहि चैत ३१ देखि वैशाख १ र २ विभिन्न देशका राजदूत अन्तु आउने भए पछि नगरपालिकाले अन्तु कन्यामको सरसफाइसहित सिङ्गारने काम भइरहेको हो ।

मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनु भएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उक्त कार्यक्रममा परराष्ट्रमन्त्री डा= आरजु राणा देउवाको नेतृत्वमा, मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जनाभन्दा बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ ।

परराष्ट्र मन्त्री डा= राणासहित राजदूत आउने तय भए पछि यतिबेला कन्याम र अन्तुको सरसफाइसँगै सिङ्गार्ने काम भइहरको छ ।

कन्याममा ३१ गते राजदूतको स्वागतसँगै चियाको स्वाद चखाने र घोडचढी गर्ने कार्यक्रम राखिएको छ । वभिन्न जातजातीको भेषभुषामा सजाएर राजदूतलाई छिपिटारसम्म घोडामा चढाएर लगिने नगरपालिकाले जनाएको छ । ४० बढी घोडा राजदूतको स्वागतमा घोडचढी गराउनका लागि तयार गरीएको छ । उक्त अवसरमा कन्याममा निर्माण भएको चिया परीक्षण केन्द्रमा विभिन्न प्रकारका चियाका स्वाद राजदूतसहितका पाहुनालाई चखाउने कार्यक्रम नगरपालिकाले तय गरेको छ ।

राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तु लगेर वैशाख १ गते सूर्योदयको दृश्यावलोकन गर्ने, चिया टिपाईको अनुभव गराउने, अन्तु पोखरीमा फिसिङ-माछा मार्ने_ गराउने र इलाममा उत्पादन भएको चियाका विभिन्न जातको परीक्षण गराउने कार्यक्रम छ ।

कार्यक्रममा इजिप्ट, दक्षिण कोरीया, युके, स्वीटजल्याण्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रेन्स रिपब्लिक, इजरायल, जापान, मलेसीया, श्रीलङ्का, बङ्गलादेश र इसीमोडका राजदूत आउने कार्यक्रम तय भइसकेको नगरका आर्किटेक इन्जिनियर सिर्जन गदालले जानकारी दिनुभयो ।

नगरले राजदूतसहितको टोली आउने भए पछि नगर उपप्रमुख दुर्गा कुमार बरालको संयोजकत्वमा मुल समारोह समिति गठन गरी विभिन्न उप समिति बनाएर स्वागत सत्कारका लागि तयारी गरिरहेको छ । नगर उपप्रमुख बरालले पाहुनाको स्वागत सत्कारमा सरसफाइदेखि स्वागत सत्कारका विभिन्न तयारी भइरहेको जानकारी दिनुभयो । अन्तु क्षेत्रमा स्थानीयको सङ्घ संस्थाको सहयोगमा सरसफाइसहितका कार्यक्रम भइरहेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘राजदूतको यो भ्रमणले अन्तु , कन्यामसहितका पर्यटकीय स्थलको थप प्रचार प्रसार हुने छ ।’’ नगर प्रमुख राईले राजदूतको उक्त भ्रमणले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष सफल पार्न समेत सहयोग पुग्ने बताउनुभयो । राजदूतको उक्त भ्रमण अनौपचारिक भएको नगरपालिकाले जनाएको छ ।

The post राजदूतको स्वागतमा अन्तु–कन्याम सिङ्गारिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register