रुखले किचेर पूर्वक्याम्पस प्रमुखको मृत्यु

घोडाघोडी । हावाहुरीका कारण ढलेको रुखले किचेर शुक्रबार कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रुखले चोट लाग्दा […]

May 16, 2025 - 09:25
 0
रुखले किचेर पूर्वक्याम्पस प्रमुखको मृत्यु

घोडाघोडी । हावाहुरीका कारण ढलेको रुखले किचेर शुक्रबार कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रुखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागि गम्भीर भएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register