कनकाई माइमेला शुरु

शिवसताक्षी, २९ पुस । पूर्वको प्रसिद्ध कनकाई माइमेलाको आइतबारदेखि विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइमेलाको शान्तिको रिवन काटेर उद्घाटन गरिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा शान्तिका दुत परेवा उढाइएको थियो [...] The post कनकाई माइमेला शुरु appeared first on Jhapa Online.

Jan 13, 2025 - 02:22
 0
कनकाई माइमेला शुरु

शिवसताक्षी, २९ पुस । पूर्वको प्रसिद्ध कनकाई माइमेलाको आइतबारदेखि विधिवत उद्घाटन गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइमेलाको शान्तिको रिवन काटेर उद्घाटन गरिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले रिवन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा शान्तिका दुत परेवा उढाइएको थियो भने, केक पनि काटिएको थियो । उद्घाटनका क्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले बर्षैदेखि लाग्दै आएको माइमेला कोरोना संक्रमणका बेला रोकिए पनि पछिल्लो समय लाग्दै आएको जानकारी दिए । आफु सानो हुँदा मेला ठुलो लाग्ने गरेको सम्झदै उनले नगरपालिकाले यस वर्षदेखि आफै मेला सञ्चालन गरेर धेरै व्यापारीहरु भित्र्याउने गरी काम गरेको बताए ।

यस वर्षदेखि पर्यटकीय क्षेत्र दोमुखामा पनि सधँै वर्षहरु भन्दा धेरै मात्रामा पर्यटकहरु आउन थालेका छन् । उनले भने, अब नगरपालिकाले आयोजना गर्ने हरेक पर्यटकीय क्षेत्र र मेलाहरुमा व्यापारीहरु सहजता दिदै धेरै मात्रामा पर्यटक भित्रिने गरी काम गर्दै जाने छौ । यसले शिवसताक्षी नगरको विकास र आय श्रोतमा टेवा पुग्ने अपेक्षा गरिएको छ । हामीसँग त्रिधाम छन् । सताक्षीधाम, दोमुखा, चिल्लागढ र यो मेला लाग्ने स्थान माइधाम यसलाई पनि विकास गरी पर्यटक भित्र्याउन सकिन्छ ।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हर्क सिगुले मेलामा आउने मानिसहरुले सडकमा भिडभाड हुने भएकाले सडक पेटीमा खाली गरेको बताए । यस वर्ष मेलामा सडकको किनारमा कसैले पनि पसल राख्ने छैन । सडकमा पसल राख्ने व्यापारीहरुलाई मेला स्थलमै व्यवस्थापन गरिएको छ । अध्यक्ष सिगुले विगत वर्षहरुमा स्वयमसेवकको रुपमा खटिने भाइहरुले पिङ, सर्कस लगायत खेलाहरुमा फ्रिमा खेल्ने गरेर व्यापारिहरुलाई मार्का परेकाले यस वर्ष कुनै पनि स्वयसेवक नराखिएको बताए । वडाले अनुगमन समिति गठन गरेको त्यस समितिले कडा अनुगमन गर्छ । वडा नम्बर १० नागरिक सबै स्वयसेवक हुन् । मेलामा खाने पानी, विजुली, शौचालय, रेडक्रस, एम्बुलेन्सको व्यवस्था गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्राथमिक उपचारका लागि स्वस्थ्य टोलीले मेला अवधिभर निशुल्क सेवा दिने व्यवस्था मिलाइएको वडाध्यक्ष सिगुको भनाई छ ।

उद्घाटन कार्यक्रममा पश्चिात जनप्रतिनिधि तथा कर्मचारीहरुले एक पटकका लागि उद्घाटनमा आएका मानिसहरुलाई फ्रिमा खेलाइएको थियो । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफे लगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य दिपक पोख्रेलले गरेका थिए ।

The post कनकाई माइमेला शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register