उच्च रक्तचाप र मिर्गौलाको स्वास्थ्यबीचको सम्बन्ध

हरेक वर्ष मे १७ तारिखमा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । यस वर्ष २०२५ को नारासमेत “स्वस्थ रक्तचाप, दीर्घ जीवन” रहेको छ । यस अवसरमा हामीले उच्च रक्तचाप (हाइपरटेन्सन) र मिर्गौला स्वास्थ्यबीचको गहिरो सम्बन्धबारे जानकारी गराउँदैछौं । उच्च रक्तचापलाई सुसुप्त रूपमा घातक छ । किनकि यसले प्रारम्भमा कुनै लक्षण नदेखाएरै महत्वपूर्ण अंगहरूमा क्षति पुर्‍याउन सक्छ […]

May 17, 2025 - 10:54
 0
उच्च रक्तचाप र मिर्गौलाको स्वास्थ्यबीचको सम्बन्ध

हरेक वर्ष मे १७ तारिखमा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । यस वर्ष २०२५ को नारासमेत “स्वस्थ रक्तचाप, दीर्घ जीवन” रहेको छ । यस अवसरमा हामीले उच्च रक्तचाप (हाइपरटेन्सन) र मिर्गौला स्वास्थ्यबीचको गहिरो सम्बन्धबारे जानकारी गराउँदैछौं ।

उच्च रक्तचापलाई सुसुप्त रूपमा घातक छ । किनकि यसले प्रारम्भमा कुनै लक्षण नदेखाएरै महत्वपूर्ण अंगहरूमा क्षति पुर्‍याउन सक्छ । विशेषगरी मिर्गौला उच्च रक्तचापको प्रत्यक्ष असरमा पर्ने महत्वपूर्ण अंग हो ।

उच्च रक्तचापले मिर्गौलामा कसरी असर गर्छ ?

मिर्गौलाको मुख्य कार्य शरीरमा भएको विषाक्त पदार्थहरू छान्नु र तिनलाई मूत्रमार्फत बाहिर निकाल्नु हो । रक्तनलीमार्फत रक्त मिर्गौलामा पुग्छ, जहाँ फिल्ट्रेसनको काम हुन्छ । जब रक्तचाप लामो समयसम्म बढी रहन्छ, मिर्गौलाका नाजुक रक्तनलीहरूमा तनाव पर्छ र ती क्रमशः क्षतिग्रस्त हुन थाल्छन् । यसको परिणामस्वरूप मिर्गौलाको कार्यक्षमता घट्दै जान्छ र दीर्घकालीन रूपमा ‘क्रोनिक किड्नी डिजिज’ (CKD) को जोखिम बढ्छ ।

यो सम्बन्ध एकतर्फी मात्र होइन । मिर्गौला कमजोर भएपछि पनि शरीरमा सोडियम र पानीको सन्तुलन बिग्रन्छ जसले गर्दा रक्तचाप झन बढ्न सक्छ । यसरी उच्च रक्तचाप र मिर्गौलाको रोग एकअर्कालाई बल पुर्‍याउने चक्रमा फस्छन् ।

कसले बढी ख्याल राख्नुपर्छ ?

  • परिवारमा उच्च रक्तचाप, मधुमेह वा मिर्गौलाको समस्या भएका व्यक्ति भएकाले,
  • उमेर ४० वर्षभन्दा माथिका व्यक्ति,
  • तौल बढी भएका व्यक्ति,
  • धूम्रपान गर्ने वा अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति,
  • नियमित व्यायाम नगर्ने ।

कसरी बच्ने ?

  • रक्तचाप नियमित नाप्ने: महिनामा कम्तीमा एक पटक आफ्नो रक्तचाप नाप्ने बानी बसाल्नुहोस्,
  • नुनको मात्रा घटाउने: दैनिक ५ ग्रामभन्दा बढी नुन सेवन नगर्नुहोस्,
  • स्वस्थ आहार: फलफूल, हरियो सागसब्जी, कम बोसोयुक्त दूधजन्य पदार्थको प्रयोग बढाउनुहोस्,
  • व्यायाम गर्ने: हप्तामा कम्तीमा ५ दिन ३० मिनेट नियमित शारीरिक गतिविधि गर्नुहोस्,
  • धूम्रपान र मदिरा त्याग्ने,
  • पानी पर्याप्त पिउने र मिर्गौला जाँच गराउने ।

उच्च रक्तचाप केवल मुटुको रोगसँग मात्र सम्बन्धित छैन, यसले मिर्गौलाजस्तो महत्वपूर्ण अंगमा पनि गहिरो असर पार्दछ । स्वास्थ्य सचेतना, नियमित परीक्षण र जीवनशैलीमा सुधारले उच्च रक्तचाप र मिर्गौलाको रोग दुवैबाट बच्न सकिन्छ । यस विश्व उच्च रक्तचाप दिवसमा हामी सबैले आफ्नो रक्तचापको ख्याल राख्ने प्रण गरौं, किनकि स्वस्थ रक्तचाप नै स्वस्थ मिर्गौला र जीवनको आधार हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register