एमाले अध्यक्ष ओलीले स्थानीय तह कर्मचारीलाई आज प्रशिक्षण दिनुहुने
काठमाडौँ । स्थानीय तह कर्मचारी सङ्घले एक दिवसीय प्रशिक्षण गर्ने भएको छ । सङ्घले आज स्थानीय तहका कर्मचारीहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । राष्ट्रिय सभागृहमा आज दिउँसो २ः०० बजे हुने प्रशिक्षण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुहुने सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले 'सुशासन (पारदर्शिता, उत्तरदायी, जबाफदेही, भ्रष्टाचारमा शून्य सहनशीलता, इमानदारता) गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा’ विषयमा स्थानीय तहका कर्मचारीहरूलाई एक दिवसीय प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
What's Your Reaction?