प्रधानमन्त्री ओली र कोप-२९ का अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति मुख्तर बाबायेभबीच शिष्टाचार भेट भएको छ । प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए । उनले हिमालदेखि समुद्रसम्मको अवधारणमाा […]

May 17, 2025 - 13:42
 0
प्रधानमन्त्री ओली र कोप-२९ का अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति मुख्तर बाबायेभबीच शिष्टाचार भेट भएको छ ।

प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए ।

उनले हिमालदेखि समुद्रसम्मको अवधारणमाा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुपर्ने बताए ।

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुदायसमक्ष पुर्‍याउने बताए ।

भेटका अवसरमा नेपालका लागि अजरबैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register