२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्।  उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए। उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको उनले बताए।   स्रोत नखुलेको […]

May 18, 2025 - 13:38
 0
२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं ।

काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्।  उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए। 
उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको उनले बताए। 

 स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने भएकाले बरामद गरी अनुसन्धान थालिएको बोहरा बताउँछन्। बस्नेत काठमाडौं-३२ पेप्सीकोला बस्दै आएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register