ग्वार्को फ्लाइओभरमा यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाइओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाइओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन […]

Jun 14, 2025 - 12:47
 0
ग्वार्को फ्लाइओभरमा यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।

फ्लाइओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाइओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।

यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताए । निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा.विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहिदिन भित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।

यस्तै, सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरु बाँकी रहेको र २–३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाए ।

पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register